प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली आह्वानमा आज सर्वदलीय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयलेवताएको छ।

समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई बैठकमा बोलाइएको छ।

प्रधानमन्त्री ओलीले यसअघि गत मंसिर २३ मा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए ।