प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

समसामायिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो।

यसअघि ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन वार्ता गरेका थिए ।