पचालझरनामा दोस्रो राष्ट्रपति रनिङ्ग सिल्ड उद्घाटन

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग सिल्ड उद्घाटन भएको छ। विहिवार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रका लागि खेल,श्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ कालिकोट जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले रनिङ्ग सिल्डको उद्घाटन गरेका थिए।

सरस्वती मा वि भिटामा गरिएको रनिङ्ग सिल्ड ३ दिनसम्म संन्चालन हुने र सो प्रतियोगितामा गाउँपालिका भित्रका ९ ओटा मा विका विद्यार्थिहरुको उल्लेखनिय सहभागिता रहेको गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख नमराज शाहीले वताए।

गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालका अनुसार पालिका तथा जिल्लाको खेलक्षेत्रमात्र नभएर सिंगो कर्णाली प्रदेशको खेल क्षेत्रलाई माथि उकास्न कुनै कसुर वाँकि नराख्ने वताए।

उद्घाटन कार्यक्रममा कालिकोट जिल्ला समन्वय समितिका सदस्य ऐना शाही,कार्यकारी प्रमुख,शिव कुमार पौडेल,पुर्व कार्यकारी प्रमुख छक्क वहादुर शाही लगायतको उपस्थिती रहेको थियो ।