प्रदेश सभामा वोल्ने अधिकार खोसेपनि चौतारामा वोल्न पाईन्छः नेता रेग्मी

सुर्खेत,भर्खरै सांसद पद खोसिएका नेकपा एमाले नेता धर्मराज रेग्मी यतिवेला पत्रकार सम्मेलन तथा सामाजिक संन्जालमा व्यस्त रहेका छन्।नेकपा (माओवादी केन्द्र)को प्रतिनिधित्व गर्दै रेग्मी प्रदेश सांसद वनेका थिए।अदालतले नेकपा वदर गरेपछी रेग्मी नेकपा एमाले धारमा उभिएका थिए।नेकपा एमाले नजिक भएपछी नेकपा (माओवादी केन्द्र)ले उनलाई सांसद पदवाट मुक्त गराएको थियो।

पदमुक्त भएलगतै उनि सामाजिक संन्जालमा चर्को टिप्पणी राख्दै आएका छन्।आफुलाई पदमुक्त गरिनु गैरकानुनी तथा अलोकतान्त्रिक कदम भएको भन्दै विहिवार सुर्खेतमा पत्रकार सम्मेलन गरेका छन्।नेकपावाट कांग्रेसमा जाँदा जति कार्वाही हुन्छ त्यो एमाले धारमा लाग्दा नहुने वताए।आफु एकता वदर भएलगतै एमालेको पक्षमा उभिएको जानकारी दिए।

कर्णाली सरकारको भष्ट्रचारको विषयमा पहिले देखिनै खरो टिप्पनी राख्दै आएको कारण आफुलाई प्रदेश सभामा वोल्न पाउने अधिकारवाट वन्चित गराएको जिकिर गरे। सभामा वोल्न रोकेपनि चौतारो,पार्टि,पौवामा जनताको पक्षमा वकालत गर्न कसैले रोक्न नसक्ने वताए।कर्णाली सरकारको विषयमा वोल्दै रेग्मीले नैतिकताको आधारमा अल्पमतमा परेका मुख्यमंन्त्रीले २४ घण्टाभित्र राजिनामा दिएर वाटो प्रशस्त गरिदिनुपर्ने वताए।

आफ्नो राजनैतिक यात्रा नेकपा मसालवाट सुरु भएको वताउदै आफुले सांसद हुने सपना नदेखेको तर भाग्यले सांसद वनेको खुलाए।राजनितीमा लागेदेखि पदिय लोभमा कहिलेपनि नपरेको भन्दै कर्णालीका प्रदेश सांसदमध्ये सवैभन्दा वढि लोभ आफुलाई देखाएको तर ति सवै लोभ अस्विकार गरेको दावि गरे।नेता रेग्मी माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेलगतै नेकपा एमालेको केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशको पार्टि सचिव पदमा रहेका छन्।