सिंहदरबारभित्रै कर्मचारीहरु आन्दोलनमा

काठमाडौँ,सिंहदरबारभित्रै कर्मचारीहरु आन्दोलित भएका छन्।

निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको लगायत विभिन्न माग राखेर नायव सुब्बा ९नासु०हरूले बिहीबार सिंहदरबार प्रदर्शन गरेका हुन्।

प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शनमा उभिएका उनीहरुमाथि भने प्रहरीले हस्तक्षेप गरेको छ। सिंहदरबारभित्र आन्दोलन गर्न नपाइने भन्दै प्रहरीले सातजनालाई पक्राउसमेत गरेको छ ।