कर्णाली प्रदेश कार्यव्यवस्था समितिको वैठक बस्दै

सुर्खेत,कर्णाली प्रदेशका सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक तय गरेका छन्।भोलि बस्ने प्रदेशसभा बैठकको एजेण्डा तय गर्न परामर्श समितिको बैठक तय गरिएको हो।एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार, बैठक दिउँसो दुई बजे बोलाइएको छ। यो प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध एमालेले अविश्वासको प्रस्ताव दर्ता गराएको छ।

दोस्रो पटक पेश भएको अविश्वासको प्रस्ताव सामना गर्ने मुख्यमन्त्री शाहीलेजनाएका छन्।कर्णाली प्रदेशसभामा ४० सदस्य थिए । माओवादीबाट एमाले प्रवेश गरेका धर्मराज रेग्मीको सांसद पद खारेज भएपछि अब ३९ सदस्य रहेका छन्।३९ प्रदेशसभामा २० सांसद रहेको एमालेले अविश्वासको प्रस्ताव अगाडि बढाएकाले यसपटक मुख्यमन्त्री शाही अल्पमतमा परेका छन्।

अघिल्लो पटक भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले साथ दिएपछि मुख्यमन्त्रीको पद जोगिएको थियो।तर, यसपटक भने नेपालतर्फका तीन मन्त्रीले समेत राजीनामा दिएका छन्। नेकपा माओवादी केन्द्रका नेता शाहीसँग १२, नेपाली काँग्रेससँग ६ र राप्रपासँग एक सिट रहेको छ ।