गण्डकीको चालु अधिवेशन अन्त्य

काठमाडौँ,गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति नै अधिवेशनको अन्त्य गरेका हुन्।

बुधबार राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकीलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार ढल्ने सम्भावना बढेको थियो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कदमलाई गण्डकी सरकारले साथ दिएको भन्दै मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेका थिए । नयाँ सरकार बनाउँदा मुख्यमन्त्री जेपाली कांग्रेसले लिनेसमेत सहमति जुटेको थियो।

तर, मध्यरातमा मुख्यमन्त्री गुरुङकै सिफारिसमा प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका छन्।गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छन् । एमालेभित्र पनि ओली र नेपाल पक्षबीच विवाद जारी छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्। प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ ।

पत्र