महासंघ कर्णाली प्रदेशका नव-निर्वाचित पदाधिकारीलाई कुसे न्युजको सम्मान

श्रमजिविको पक्षमा आवाज उठाउन अनुरोध

सुर्खेत,नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको नव निर्वाचित पदाधिकारीलाई कुसे न्युज डटकमले सम्मान गरेको छ। वुधवार एक कार्यक्रमको आयोजना गर्दै नेपाली पत्रकारीता जगतमा कर्णालीका लागि कर्णालीका पत्रकारले नयाँ भुमिका खेल्नुपर्ने भन्दै सम्मान गरेको हो। नयाँ वर्ष २०७८ को सुरुवातसंगै कर्णाली प्रदेशमा क्रियाशिल पत्रकारहरु विच भेटघाट तथा सुभकामना आदानप्रदानको कार्यक्रम समेत आयोजना गरिएको थियो।

 

कार्यक्रमलाई संम्वोधन गर्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटाले कर्णाली प्रदेश भित्रका सक्रिय पत्रकारहरुको पक्षमा आफु सदैव रहेको र पत्रकारको हगहितको लागि आफु निरन्तर लागिपर्ने वताए। सम्पुर्ण मतादातालाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष देवकोटाले मतादाताको मतको कदर गर्ने समेत प्रतिवद्धता जनाए। सोहि कार्यक्रमलाई संम्वोधन गर्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले पत्रकारहरुले भोगेको समस्या आफ्नो समस्या भएको भन्दै पत्रकारको पक्षमा सदैव सकारात्मक भएर लागिपर्ने वताए।चुनावि दौडानका वेला जे जस्ता तिक्तता भएपनि अव मिलेर जानुपर्ने वताए।

कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेश कन्चन भारतीको धारणा पनि उस्तै रहेको थियो।श्रमजिवि पत्रकारहरुको पक्षमा सधै एकढिक्का भएर लाग्नुपर्ने वताए।नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित वसेलले कर्णाली प्रदेशका पत्रकारहरुले पनि राष्ट्रिय स्तरको पत्रकारीता संग प्रतिस्पर्दा गरेर अघि वढ्नुपर्ने वताए।

शुभकामना आदान प्रदान कार्यक्रमको समापन गर्दै कुसे न्युज डटकम तथा कथा कर्णालीका नामक कार्यक्रमका संन्चालक तप्त वहादुर मल्ल (भाैतिक)ले कर्णालीको पत्रकारीताले नेपाली पत्रकारीतालाई सवक सिकाउनुपर्ने भन्दै नव-निर्वाचित पदाधिकारीहरुले गम्भिर भएर काम गर्न आग्रह गरे।कर्णाली एउटा सुनको डल्ला रहेको र यसलाई आकार दिने काम नेतृत्वको भएको भन्दै जहिले पनि कर्णालीको पक्षमा उभिन अनुरोध गरे।

श्रमजिवि तथा क्रियाशिल पत्रकारहरुको विषयमा सोच्न पनि आग्रह गरे।कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका पदाधिकारी,सुर्खेत जिल्लाका पदाधिकारी,कर्णालीमा क्रियासिल पत्रकारहरु तथा साहित्यकार हरुको उपस्थिती रहेको थियो ।