आमा बन्दै ऋचा

काठमाडौं,नायिका ऋचा शर्मा आमा बन्ने भएकी छन् । बुधबार नयाँ बर्षको पहिलो दिन सामाजिक संजालमा स्टाटस लेख्दै ऋचाले सो बारे वताएकी हुन्।आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण भईरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन।

आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ।’ ऋचाले लेखेकी छिन्।ऋचाले सबैको आर्शिवादको अपेक्षा समेत गरेको उल्लेख गरेकी छिन् । नायिका ऋचा शर्मा र दिपेक्ष विक्रम राणाले २०७६ सालको मंसिर महिनामा बिहे गरेका थिए।

फेसबुक स्टाटस जस्ताको जस्तैः

आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ। आज तपाईंहरु माँझ यो ख़ुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो।

त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठुली भई।