जानकी गाउँपालिकाको वडा नं. ४ बाल बिवाह मुक्त वडा घोषणा

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वडा नं. ४ लाई बाल बिहाह मुक्त वडा घोषण गरिएको छ ।मंगलबार एक अौपचारिक समारोहका बिच वडालाई बाल बिबाह मुक्त वडा घोषणा गरिएको हो ।जानकी गाउँपालिका वडा न.४ का वडाध्यक्ष विश्राम बर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अथिती लिल्ला बिकाश समन्वय समितीका सभापती अजय कुमार श्रीवास्त रहनु भएको थियो ।साथै बिशिष्ठ अथितिहरुमा जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भुमीसरा धिताल, गाउपालिकाका कार्यकारी अधिकृत बस बहादुर राना रहनुु भएको थियो ।त्यस्तै अन्य अथितिहरुमा किशोरी कलवकी अध्यक्ष तृसिना बिक, वडा नं. ५ का अध्यक्ष रमेश बर्मा, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, पलान नेसनल नेपालकी अध्यक्ष अशा बुढा, गाउँपालिका स्वास्थ शाखा इन्चार्ज दाल बहादुर राना, लेखा अधिकृत मतिन अन्सारी, नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य तथा जानकी गाउँपालिका पार्टी अध्यक्ष पदम धिताल लगायत गाउपालिकाका वडाध्यक्षहरु र गाउँपालिका कार्यालयका कार्मचारी र विभिन्न संस्था तथा राजनीतिक दलका नेताहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।