कोहलपुर मोडेल कलेजद्धारा नरैनापुरका आगलागी पिडितलाई राहत वितरण

तस्विर सहित

नेपालगन्ज, बाँकेको नरैनापुर गाउँपालिकाका आगलागी पिडितलाई कोहलपुर मोडेल कलेजले राहत बितरण गरेको छ।बाँकेको कोहलपुरमा अबस्थित उक्त कलेजले नरैनापुर गाउँपालिका वडा नं. १ सुइयामा भएको आगलागीबाट पिडित परिवारलाई राहत बितरण गरेको हो ।कलेजका सन्चालक, कर्माचारी तथा विद्यार्थी सहितको एक टोलिले आगलागी पिडित परिवारलाई सम्बन्धित ठाउँमै गएर प्रतिपरिवारलाई चामल, दाल, तेल, लगायतको आवस्यक खाध्य सामग्री बितरण गरेको हो ।उक्त कलेजका विद्यार्थी तथा कर्मचारीहरुबाट राहत पाउदा आगलागी बाट पिडित भएका परिवार भने उत्साहित भएका थिए ।