नेदरल्यान्ड्स क्रिकेट टोली नेपालमा

काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ।नेदरल्यान्ड्सको टिम मंगलबार बिहान काठमाडौँमा अवतरण गरेको हो।

नेपालको आयोजनामा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज वैशाख पहिलो साता कीर्तिपुर मैदानमा सुरु हुँदैछ । सिरिजमा नेपालसहित नेदरल्यान्ड्स र मलेसियाले खेल्ने छन्। नेदरल्यान्ड्सले सिरिजको पहिलो खेलमा नेपालसँग बैशाख ४ गते खेल्नेछ। दोस्रो खेलमा नेपालले मलेसियासँग वैशाख ६ मा खेल्ने छ। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिम उपाधिका लागि बैशाख ११ गते भिड्नेछन्।

मलेसियाको टोली पनि आजै नेपाल आइपुग्ने बताइएको छ । सबै खेलाडीको कोरोना परिक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्र मैदानमा प्रवेश गर्न पाउने छन् ।