दोलखामा जिप दुर्घटनाः ४ जनाको मृत्यु, १७ घाइते

काठमाडौँ,दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा जिप दुर्घटना भएको छ। दुघृटना हुँदा चार जनाको मृत्यु भएको छ।

तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेका यात्रु बोकेको वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जिप सोमबार राति सिँगटीनजिकैको चारगोलाईमा सडकमा दुर्घटना भएको हो। जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ।दोलखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्का रहेका छन्।

दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।