समृद्धिको अभियानमा लामबद्भ हुन पुर्व महिला लडाकुलाई मन्त्री केसीको आह्वान

सुर्खेत,कृषि मन्त्री बिमला केसीले दशरथपुरमा रहेका पुर्ब महिला लडाकुलाई समृद्धिको अभियानमा साथ दिन अनुरोध गरेकी छन्।

 

सोमबार दशरथपुरमा एक भेटघाट कार्यक्रममा मन्त्री केसीले अब जनयुद्ध जस्तै समृद्धिको अभियान पनि चुनौतीपूर्ण रहेको भन्दै सबै महिलाहरू समृद्धिको अभियानमा लाग्नुपर्ने बताइन्।कार्यक्रममा पुर्ब महिला लडाकुहरूले आफ्नो ब्यवस्थापनको बारेमा सत्तामा रहेकाहरू गम्भीर नरहेको बताएका थिए।

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश प्रमुख सचेतक सीता नेपाली, मुख्यमन्त्रीका समन्वय बिज्ञ झक बहादुर मल्ल अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य आशा गौतम सांसद ललिता रेग्मी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।