सुर्खेतको दशरथपुरमा उच्च प्रबिधिको हाइटेक नर्सरी उद्घाटन

मन्त्रालयको कार्य योजना सार्थक भएको मन्त्री केसीको दाबी

सुर्खेत,सुर्खेतको दशरथपुरमा उच्च प्रबिधिको हाइटेक नर्सरी उद्घाटन गरिएको छ। सोमबार कृषि मन्त्री बिमला केसीले नर्सरीको उद्घाटन गरेकी हुन।उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री केसीले कर्णालीलाई अर्गानिक कर्णाली र समृद्ध कर्णाली बनाउन आफू प्रतिबद्ध रहेको बताइन्।

मंन्त्री केसीले समृद्ध कृषि प्रणालीको बिकासका लागि यो योजनाले सार्थकता पाएको दाबी समेत गरेकी छन्।करिब १ करोडको बजेटमा निर्माण गरिएको नर्सरीमा विभिन्न आधुनिक प्रजातिका बीउ बिजनहरू उत्पादन गरिने बताइएको छ। पारिजात कृषि सहकारीको निर्माण रहेको उक्त नर्सरीमा कृषि मन्त्रालयको लगानी रहेको थियो।

पारिजात सहकारीका अध्यक्ष खड्क ब घर्ती,सचिव असुनी बुढा तथा कोषाध्यक्ष चन्द्रा बुढाको नेतृत्वले सो नर्सरीको निर्माण सम्पन्न गरेको थियो । उक्त निर्माण भएको नर्सरी तिन वर्षदेखि निर्माणधिन अवस्थामा रहेको थियो।निर्माण सम्पन्न भएको सो नर्सरी देशकै उच्च प्रबिधिको हाइटेक नर्सरी भएको कृषि मंन्त्रीको दावि रहेको थियो।

कार्यक्रममा प्रमुख सचेतक सीता नेपाली मुख्यमंन्त्रीका समन्वय बिज्ञ झक बहादुर मल्ल लगायतका जिल्लाका उच्च तहका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।