वीरेन्द्रनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सर्वसाधारणले गुनासो सुनाएर फर्किए

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सेवाको गुणस्तरीयताका लागि सार्वजनिक सुनुवाई भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सोमवार सुर्खेत जिल्ला समन्वयको हलमा एक औपचारिक कार्यक्रमका बिच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।वीरेन्द्रनगर नगरपालिले गरेका प्रगतिहरुको प्रगति विवरण सुनाउदै कार्यक्रमको थालनी गरिएको थियो।

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सर्वसाधारण जनप्रतिनिधी तथा प्रमुख प्रशासकिय अधिकृतविच अन्र्तक्रियात्मक कार्यक्रम पनि राखिएको थियो।अन्र्तक्रियात्मक कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वस्ने होम वहादुर सलामी मगरले आफ्नो प्रश्न यसरी राखे।नगरपालिकाले वर्षभरीको आय व्यय प्रिन्ट माध्यमवाट पनि सर्वसाधारण समक्ष ल्याउनुपर्ने भन्दै सुझाव दिए।

अहिले प्रस्तुत गरिएको प्रतिवेदन सन्तोषजनक रहेको तर नगरपालिकाले प्रतिवेदन मात्र नसुनाएर विकासका कामप्रति तल्लिन हुन जनप्रतिनिधीलाई अनुरोध गरे।वीरेन्द्रनगर नगरपालिका ५ वस्ने सुनिता गन्र्धव भन्छिन नगर भित्रका वाटोहरुको अवस्था हेर्दा निकै दयनिय रहेको र स्थानियलाई आवतजावत गर्न सकस रहेको भन्दै यो विषयमा नगरपालिका किन मौन भएको रु दलित लक्षित वजेट प्रयाप्त नआएकोले आफुहरुलाई उपेक्षित किन गरिएको जस्ता प्रश्न राखेकी थिईन्।कार्यक्रममा उपस्थित एकजना अपाङ्ग व्यक्तिको गुनासो रहेको थियो किन अपाङ्ग लक्षित वजेट विनियोजित भएन। फरक क्षमता भएका व्यक्तिहरुका लागि नगरपालिकाले कसरी सुचना दिने गरेको छ रु यस्तै प्रश्नहरु राखिएका थिए।

कार्यक्रममा जवाफ दिदै नगर उप प्रमुख मोहनमाया ढमालले यसो भनिन्। न्याय प्रणाली सवैलाई नपुगेको भन्दै यसमा आफुहरु लागिपरेको वताइन्। अव नगरपालिकामा एकजना वकिल राख्ने निर्णय भएको जानकारी दिदै अव सुक्ष्म अध्ययन गरेर सर्वसाधारणलाई न्याय दिलाउने वताइन्।कार्यक्रममा वोल्दै नगर प्रमुख देवकुमार सुवेदीले सकेसम्म जेष्ठ १५ गते सम्म सहरी नापी सकेर लालपुर्जा वितरण गरिने वताए। यो वर्ष देखि ढलनिकासको कार्य दिगो योजनाका साथ सम्पन्न गरिएकोेले समस्या नआउने जिकिर गरे। टुहुरा वालवालिकालाई नगरपालिकाले छात्रवृद्धीको अवसर प्रदान गरिने वताए । असाहय अशक्तलाई नगरपालिकाले सक्दो सहयोग समेत गर्ने जानकारी दिए।

नगरपालिकाले सुचना पाटिमा सुचना टाँसी,फोन मार्फत,पत्र पत्रिका,अनलाईन तथा नगरपालिकाको ओइभ साईटमा पनि राखिने वताए।सार्वजनिक कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढमाल,नगर प्रमुख देवकुमार सुवेदी,नगर उप प्रमुख मोहनमाया ढमाल लगायत ठुलो संख्यामा स्थानिय हरुको उपस्थिती रहेको थियो।