अखिल क्रान्तिकारी सुर्खेतको २३औँ जिल्ला सम्मेलन सम्पन्न

अध्यक्षमा तिरुवा

सुर्खेत,नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) सुर्खेतको २३औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ।दलाल पुजिवादी शिक्षा प्रणालीको विरुद्ध हाम्रो आन्दोलन र सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २३औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सोमवार सुर्खेतको वीरेन्द्रनगरमा भएको जिल्ला सम्मेलनले हरी तुलराज तिरुवाको नेतृत्वमा ३३ सदस्य जिल्ला कमिटी निर्बाचित गरेको छ।

जसको उपाध्यक्षमा मोहन धाँमी,सचिब भुपेन्द्र रोकाया, सह-सचिब जिवन वि क र कोषाध्यक्ष देउरुपा कठायत सहित ३३ सदस्य जिल्ला कमिटी गठन गरेको हो।संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई प्रमुख आथित्यतामा भएको सम्मेलनको बिशेष अथिती नेपाल कम्युनिस्ट पार्टीका सुर्खेत जिल्ला इन्चार्ज धुर्व रहेका थिए।त्यस्तै अन्य अथितीहरुमा भेरी कर्णाली व्यूरो सदस्य अडिक,अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य हर्क वहादुर वि क,यमलाल,प्रेम  शाही , धनजित महर , लोकेश जोशी , खेम वुढाथोकी , कामना , किरण प्रकाश वि सी , धन वहादुर नेपाली लगायतका पार्टी तथा जबसका जिल्ला स्तरिय नेताहरु उपस्थित रहेका थिए।

जिल्ला सम्मेलन उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले नेपालमा दुई प्रकारको शिक्षा प्रणाली रहेको भन्दै शैक्षिक क्षेत्रमा रहेका असामानताको अनत्य हुनुपर्ने बताए।त्यस्तै सम्मेलनका बिशिस्ट अथिती तथा नेपाल कम्युनिस्ट पार्टीका सुर्खेत जिल्ला इन्चार्ज  धुर्वले दलाल संसदीय ब्यबस्थाका कारण देशमा अस्थिरता,भ्रष्टाचार,कालोबजारी,महङ्गी बढिरहेको बताउदै यसको अन्त्यका लागि सम्पुर्ण जनतालाई एकजुट हुनुपर्ने बताए।

साथै उनले बिद्यार्थी शिक्षित र सचेत बर्ग भएको भन्दै नेतृत्व बिद्यार्थी संगठनले लिनुपर्ने बताए।अखिल क्रान्तिकारी केन्द्रिय सदस्य प्रेम बहादुर शाही लगायतका अतिथिहरुले सम्मेलन सफलताको सुभकामना दिएका थिए।