हेलिकप्टरबाट पानी फालेर नागार्जुन जंगलमा लागेको आगो निभाइदै
प्रकासित मिति : २०७७ चैत्र २९, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणमा लिन हेलिकप्टरबाट पानी खसालिन थालिएको छ।

आइतबार दिँउसो लागेको आगो नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भैरहेको निकुञ्ज कार्यालयले वताएको छ।
आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन्।तीन वटा दमकलसहित करिब दुई सय जना आगो नियन्त्रणमा खटिएको निकुञ्ज कार्यालयले जनाएको छ।

