सुपर किंग्सका कप्तान धोनीलाई १२ लाख भारु जरिवाना

एजेन्सी,चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आइपीएल)मा १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ।

शनिबार राति दिल्ली क्यापिटल्ससँगको खेलमा स्लो ओभर रेटको कारण धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना तिराइएको हो।

खेलमा दिल्ली क्यापिटल्सले चेन्नईलाई ७ विकेटले पराजित गरेको थियो ।