बाग्लुङ आगलागीः घाइतेको उपचार हुँदै,करिब २० लाख क्षति

बाग्लुङ,बाग्लुङ नगरपालिका-३ गुठीमा रहेको एक फर्निचर भएका आगोलागीमा परी दुईजना घाइते भएका छन्।आगलागीमा सिर्जना फर्निचरका सञ्चालक बागलुङ–१३ बलेवार्का ३३ वर्षीय विराज भन्ने केशप हरिजन र गुठीका ६४ वर्षीय डम्मरबहादुर कार्की घाइते भएका छन्।

उनीहरुको धौलागिरि अस्पतालमा उपचार भैरहेको छ।दुवैजनाको बाहिरी चोट केही नरहे पनि धुवाले सास फेर्ने गाह्रो भएको चिकित्सकहरुले बताएका छन्। उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।आगोलागीले फर्निचरमा मात्रै १८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।आगालागी भएको फर्निचर नजिकै रहेको डम्बरबहादुर कार्कीको घरमा सामान्य क्षति भएको छ। उनको करिब २ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।

सोही घरको दोस्रो तलामा डेरा गरी बस्ने लालबहादुर थापाको कोठामा आगालागी भई कोठामा रहेको सम्पूर्ण सामान जलेके छ। उनको करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।फर्निचरमा शनिबार राति २ बजे लागेको आगो आइतबार बिहान ८ बजे नियन्त्रणमा आएको हो। आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र बाग्लुङ, पर्वत र म्याग्दीका तीनवटा दमकल प्रयोग भएका थिए।