नयाँ बसपार्कको होटेलमा शव भेटियो

२ जना पक्राउ

काठमाडौं,काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ।

शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले वताएका छन्।मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ।मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।