लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छः मन्त्री केसी

बुटवल,लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी ९सोनाम०ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने जनाएका छन्।

केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने भन्दै उनले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने दाबी गरे।आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री केसीले प्रदेशमा राजनीतिक छलफल विधि र विधान भित्र बसेर भएकाले छिट्टै निकास निस्कने बताए।

उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या पनि त्यसैको प्रतिफल भएको बताए।