चेन्नेईमाथि दिल्लीको विजयी सुरुवात

काठमाडौँ,दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा विजयी सुरुवात गरेको छ।गएराति भएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो।

जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य विजयी पछ्याएको दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्न सफल भएको थियो।दिल्लीको जितमा ओपनरद्वय शिखर धवन र पृथ्वी शा चम्किए । शिखरले ८५ रनको ईनिङ्स खेल्दा पृथ्वीले ७२ रन जोडे। यस्तै, मार्कस स्टोइनिस १४ रनमा आउट हुँदा ऋषभ पन्त १५ रनमा अविजित रहे।

बलिङमा चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक २ विकेट लिए।डायन ब्राभो १ विकेट लिए।यसअघि टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो। चेन्नईका सुरेश रैनाले सर्वाधिक ५४ रनको योगदान दिए।यस्तै, मोइन अलीले ३६, साम कुरानले ३४ र आम्बाती रायडुले २३ रन जोडे। रविन्द्र जडेजा २६ रनमा अविजित रहे।

बलिङमा आवेश खान र क्रिस वोक्सले समान २र२ विकेट लिए। यस्तै, रविचन्द्रन आश्विन र टम करनले १र१ विकेट लिए।