कांग्रेसको पदाधिकारी बैठक वस्दै

काठमाडौं,नेपाली कांग्रेसको पदाधिकारी बैठक वस्ने भएको छ।सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि पदाधिकारीको बैठक बोलाएका छन्।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, आफ्नो नेतृत्वमा नयाँ सरकार गठन र विपक्षी दलहरुबीच जारी परामर्शबारे छलफल हुने बताइएको छ।भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे पनि आजको पदाधिकारी बैठकमा छलफल गर्ने तयारी छ।कांग्रेसले १४औं महाधिवेशन भदौ ७ गतेदेखि गर्ने कार्यतालिका बनाएको छ भने ७१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भैरहेका छन्।

यस्तै, दुई दिनअघि माओवादी केन्द्र र जसपासँग सत्ता समीकरणका लागि कांग्रेसले छलफल गरेको थियो। उक्त बैठकमा काँग्रेसले नयाँ सरकार गठनका लागि सघाउन खुला प्रस्ताव राखेको थियो।माओवादी केन्द्र सकारात्मक देखिए पनि जसपाले निर्णय गर्न केही दिनको समय माग गरेको थियो।