आहा-रारा गोल्डकपको उपाधि संकटालाई

पोखरा,आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले हात पारेको छ।

शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।

यसअघि निर्धारित र थपिएको ३० मिनेटको खेल बराबरीमा टुंगिएको थियो ।