पत्रकार महासंघ निर्वाचनः अध्यक्ष विपुल पोखरेल विजयी

काठमाडौँ,नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन्।

शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । विजयीहरुको औपचारिक घोषणा भने अपराह्न ५ बजेपछि गरिने बताइएको छ।

मतगणनाको अन्तिम नतिजा नआउँदै विपुल पोखरेल प्यानलले विजयोत्सव मनाएको छ। मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिएको हो। नयाँ नेतृत्वका लागि १३ हजार बढी सदस्य मतदान प्रक्रियामा सहभागी थिए।