कालिकोटको पचालझरनामा भीषण आगलागी

६ घर पुर्ण रुपमा जलेर नष्ट

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा भीषण आगालागी भएको छ । गाउँपालिकाको वार्ड नं ८ खोलिबजार,भुराबगरमा दिउँसो १ बजेदेखि भीषण आगलागी भएको हो।

आगलागी हुँदा दुर्ग सार्की,बिरमान सार्की,भैरे सार्की,अति सार्की,धनराज सार्की र अमृते सार्कि लगायत ६ जनाको घर जलेर पुर्ण रुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताएका छन।अध्यक्ष सेजुवालका अनुसार आगलागी हुँदा मानबिय क्षति नभएको र अन्य भौतिक क्षतीको बिबरण भने आउन बाकी रहेको बताए।

दिउँसो १ बजेबाट लागेको आगो स्थानिय बासी र नेपाल प्रहरीको सक्रियतामा करिब बेलुका ४ वजे मात्र नियन्त्रणमा आएको जानकारी दिएका छन्।देशभरका अधिकास ठाउँमा आगलागीका घटनाले उग्ररुप लिईरहेको छ।आगलागिका घटना बढेसङ्गै वायु प्रदुर्शण समेत बढिरहेको छ।