अखिल क्रान्तिकारी बर्दियाको २०औँ जिल्ला सम्मेलन सम्पन्न

अध्यक्षमा प्याकुरेल

बर्दिया,नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बर्दियाको २०औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ।दलाल पुजिवादी शिक्षा प्रणाली को विरुद्ध हाम्रो आन्दोलन १ सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २०औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ शुक्रबार बर्दियाको मधुवन तारातालमा भएको जिल्ला सम्मेलनले हरी शंकर प्याकुरेलको नेतृत्वमा २१ सदस्य जिल्ला कमिटी निर्बाचित गरेको छ।

जसको उपाध्यक्षमा सन्तोष कार्की, सचिब नवराज बिक, सह-सचिब ममता भण्डारी र कोषाध्यक्ष प्रेम ओलि सहित २१ सदस्य जिल्ला कमिटी गठन गरेको हो।संगठनका केन्द्रीय सचिबालय सदस्य तथा भेरी-कर्णाली ब्युरो इन्चार्ज हर्क बहादुर बिकको प्रमुख आथित्वमा भएको सम्मेलनको बिशेष अथिती नेपाल कम्युनिस्ट पार्टीका बर्दिया जिल्ला इन्चार्ज बिकास रहेका थिए।त्यस्तै अन्य अथितीहरुमा राष्ट्रिय जागरण मंचकी नेतृ देवकला अधिकारी, अखिल क्रान्तिकारी० केन्द्रिय सदस्य प्रेम बहादुर शाही, बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशि लगायतका पार्टी तथा जबसका जिल्ला स्तरिय नेताहरुको रहनु भएको थियो ।

जिल्ला सम्मेलन उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका भेरी-कर्णाली ब्युरो इन्चार्ज हर्क बाहादुर बिकले नेपालमा दुई प्रकारको शिक्षा प्रणाली रहेको भन्दै शैक्षिक क्षेत्रमा रहेका असामानताको अनत्य हुनु पर्ने बताए।त्यस्तै सम्मेलनका बिशिस्ट अथिती तथा नेपाल कम्युनिस्ट पार्टीका बर्दिया जिल्ला इन्चार्ज बिकासले दलाल संसदीय ब्याबस्थाका कारण देशमा अस्थिरता, भ्रष्टाचार, कालोबजारी, महङ्गी बढिरहेको बताउदै यसको अन्त्यका लागि सम्पुर्ण जनतालाई एकजुट हुनुपर्ने बताए । साथै उनले बिद्यार्थी शिक्षित र सचेत बर्ग भएकोले भन्दै नेतृत्व बिद्यार्थी संगठनले लिनुपर्ने बताए।

यस्तै राष्ट्रिय जागरण मंचका केन्द्रिय प्रतिनिधि देवकला अधिकारी,अखिल क्रान्तिकारी केन्द्रिय सदस्य प्रेम बहादुर शाही लगायतका अतिथिहरुले सम्मेलन सफलताको सुभकामना दिएका थिए।बर्दियाको २०औँ जिल्ला सम्मेलनबाट निर्बाचित अध्यक्ष प्याकुरेलले जिल्लामा क्रान्तिकारी बिद्यार्थी आन्दोलनले एउटा उचाई हासिल गर्ने बताए । उनले शिक्षा क्षेत्रमा भएका तमाम खाले बिकृती र बिशंगतीको भण्डाफोर गर्दै बर्दियाको विद्यार्थी आन्दोलनले नयाँ उचाई पकडने विश्वावस व्यक्त गरेका छन ।