कर्णाली सरकारका तिनजना मन्त्रीको राजिनामा स्वीकृत

थप जिम्मेवारी मन्त्री भण्डारी र केसीलाई

सुर्खेत,कर्णाली प्रदेश सरकारमा राजिनामा दिएका तिनजना मन्त्रीको राजिनामा स्वीकृत भएको छ।

शनिवार मुख्यमन्त्री महेन्द्र वहादुर शाहीद्धारा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला,सामाजिक विकास मन्त्री दल रावल र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले दिएको राजिनामा स्वीकृत भएको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री शाही समक्ष आफनो पदवाट तिनजना मन्त्रीले राजिनामा दिएका थिए।

मुख्यमन्त्री समक्ष दिएको राजीनामा स्वीकृत गरेपश्चात रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय नरेश भण्डारीलाई र भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विमला केसीलाई तोकिएको जानकारी मुख्यमंन्त्री कार्यालयले गराएको छ । राजिनामा दिएका तिनजना मन्त्री माधव नेपाल समुह निकट मानिन्छन् ।