राष्ट्रिय जनगणना २०७८ को तयारी तिव्र

गणना गर्दा नयाँ प्रविधिको प्रयोग

सुर्खेत,राष्ट्रिय जनगनणा २०७८ को तयारी तिव्र रुपमा अघि वढाइएको छ। देशभर जनगणना सम्वन्धी जानकारी मुलक गोष्टीको आयोजना गरि तयारीलाई तिव्र रुपमा अघि वढाएको हो। शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश जनगणना कार्यालयको आयोजनामा मेरो गणना,मेरो सहभागिता भन्ने मुल नाराका साथ जिल्ला स्तरिय सचेतना गोष्टी कार्यक्रम सम्पन्न भएको थियो।

जनगणनामा मानिसको संख्या मात्र गणना नगरी समग्र आर्थिक,सामाजिक र शैक्षिक अवस्थाको वारेमा सत्यतथ्य जानकारी संकलन गर्नुपर्ने गणना अधिकारी पोम नारायण पाैडेलले वताए। पाैडेलका अनुसार राष्ट्रिय जनगणनाको लागि देशभर ४७ हजार भन्दा वढि सुपरिवेक्षक र गणक खटाइने भन्दै पुरानो प्रविधिलाई सुधार गर्दै नयाँ ढाँचामा लगिएको वताए।हाल राष्ट्रिय जनगणना आयोगका ९ वटा संस्थागत व्यवस्था समेत रहेका छन्।

जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सुचिकरण कार्य २०७८ वैशाख २६ देखि जेष्ठ १४ गतेसम्म र दोस्रो चरणमा मुख्य प्रश्नावलीको विस्तृत विवरण संकलण कार्य २०७८ जेष्ठ २५ गते देखि अषाढ ८ गतेसम्म संन्चालन गरिने जानकारी दिए।राष्ट्रिय जनगणना देशभर एकैसाथ संन्चालन गरिने भएको छ। राष्ट्रिय जनगणनाका लागि जनताको घरदैलोमा दुई चरणमा दुई प्रकारका कर्मचारी आउनेछन्।

कर्णाली प्रदेशका जनगणना अधिकारी पाैडेलका अनुसार प्रदेश भरी कति जनगणना कार्यालय र कर्मचारी रहने एकिन नभएको वताए।पाैडेलले वताए अनुरुप संकलण गरिएको व्यक्तिगत विवरण गोप्य राखिने र संकलित विवरणहरु सामुहिक रुपमा सार्वजनिक गरिने वताएका छन्।राष्ट्रिय जनगणना २०७८ नयाँ प्रविधिको प्रयोग गरी सत्यतथ्य विवरण संकलण गरिने जिकिर गरे।

नेपालमा वि सं १९६८सालमा चन्द्र समसेरको पालामा पहिलो पटक जनगणना सुरु भएको थियो। १०/१० वर्षको फरकमा गरिने यो १२ औँ राष्ट्रिय जनगणना रहेको छ। राष्ट्रिय जनगणना २०७८को जिल्ला स्तरिय सचेतना गोष्टीमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदी,सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल,जिल्ला समन्वय समितिका अध्यक्ष छविलाल सिग्देल लगायत जनप्रतिनिधी तथा स्थानियको उपस्थिती रहेको थियो।