सुदूरपश्चिम पत्रकार महासंघ निर्वाचनः ओलीलाई हराउँदै रावल विजयी

धनगढी,नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल प्यानलसहित विजयी भएका छन्।प्रेस युनियनसहितका विभिन्न ११ सङ्गठनबाट संयुक्त उम्मेदवार बनेका रावलले प्रेस चौतारीका प्रदेश संयोजक कृष्ण ओलीलाई पराजित गर्दै विजयी भएका हुन् । रावल यसअघि पत्रकार महासङ्घ प्रदेशको महा–सचिव थिए।यस्तै प्रदेश समितिको उपाध्यक्षमा योगेन्द्रबहादुर बलायर, महासचिवमा रामसिंह ठगुन्ना विजयी भएका छन्।

सचिवमा हरि जोशी, समावेशी सचिवमा प्रेम चुनारा, कोषाध्यक्षमा राम बहादुर धामी विजयी भएका छन्।

जिल्लामा यस्तो छ

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ८ जिल्लामा नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन भएको छ । बैतडीमा मनोनयन दर्ताकै क्रममा विवाद हुँदा चुनावी प्रक्रिया रोकिएको थियो भने अन्य ८ जिल्लामा मतगणना सकिएको छ ।

कैलाली

नेपाल पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा हिमाल जोशी विजयी भएका छन्। उनी प्रेस युनियनका हुन् । प्रेस युनियनकै कैलाली अध्यक्ष श्रवण देउवा र प्रेस चौतारीका सुशील ढुङ्गानालाई पराजित गर्दै जोशी अध्यक्षमा निर्वाचित भएका हुन् ।उपाध्यक्षमा हरिस विक, महिला उपाध्यक्षमा दुर्गा देवकोटा, सचिवमा प्रेम चौधरी ,सह सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा लक्ष्मी प्रसाद जैसी निर्वाचित भएका छन्। कैलाश जोशी, दीपकप्रसाद उपाध्याय, रतनलाल चौधरी,नेत्रप्रसाद जैसी, सुनिल आउजी, नवराज पनेरु, अंकुशबहादुर कुँवर शङ्कर बोहरा र कृष्णप्रसाद ओझा सदस्य पदमा निर्वाचित भएका हुन्।यस अघि नै समावेशी सहसचिवमा दिनेश दहित, महिला सदस्यमा भावना जोशी र अन्य समावेशी सदस्यमा गगन कठायत निर्विरोध भइसकेका थिए ।

कञ्चनपुर

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधवसिंह धामी निर्वाचित भएका छन् । प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी नेपाल समूहका तर्फबाट संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन्।प्रेस चौतारी ९ओली० समूहका अध्यक्ष पदका उम्मेदवार सुरेशसिह धामीलाई ४८ मतले हराउँदै संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा विजयी धामीले ११७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वद्वी सुरेश सिह धामीले मात्र ६९ मत ल्याए । अध्यक्ष पदका अर्का उम्मेदवार प्रेस युनियनका शेर बहादुर सिहले २५ मत ल्याए।उपाध्यक्षमा ओली समूह चौतारीका उम्मेदवार भवानी दत्त भट्ट निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा संयुक्त प्यानलका हेमन्ती डगौरा चौधरी०, सचिवमा प्रेस सेन्टरका राजेन्द्रप्रसाद अवस्थी, कोषाध्यक्षमा जयदेव जोशी, सहसचिवमा धुव्रराज अवस्थी र पहिलाद राना विजयी भएका छन्।

दार्चुला

नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा निर्मला शर्मा नेतृत्वको प्रेस चौतारी समूह सबै पदमा विजयी भएको छ।अध्यक्षमा कृष्ण सिंह धामी, उपाध्यक्षमा सन्तोष सिंह कोट्टारी, महिला उपाध्यक्षमा, विमला भुजेल सचिवमा गगन सिंह विष्ट, सह सचिवमा लोकेन्द्र प्रसाद जोशी, समावेशी सह सचिवमा ईश्वरी बुढाथोकी, कोषाध्यक्ष राम सिंह धामी विजयी भएका छन्।खुला सदस्यहरूमा क्रमशः मान सिंह कुवर ,जनक राज भट्ट, श्याम सिंह सामन्त,उद्धव सिंह धामी ,रमेश सिंह खत्री,नीरज सिंह धामी विजयी भएका हुन् ।

अछाम
पत्रकार महासंघ अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन् । दुई सदस्यबाहेक विपुल पोखरेल नेतृत्वको प्यानललै विजयी भएको हो । उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन् ।

यस्तै, सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् । सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन् ।

डडेल्धुरा

महासंघ डडेल्धुराका अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन्। युनियनका बरुण पनेरुलाई हराउँदै सिंह बिजयी भएका हुन् । उपाध्यक्षमा गणेश रोका र निर्मला भट्ट सचिवमा पुष्कर भण्डारी , कोषाध्यक्षमा ललित बोहरा , सह सचिवमा भूपेन्द्र बिष्ट र प्रकाश पार्की निर्वाचित भएका हुन् ।

सदस्यहरूमा क्रमशः टिकाराम साउद, हर्ष चन्द, आशिष मल्ल, भीम खत्री दीपक राज भट्ट, ममता भट्ट भक्त गाहामगर, विमल जैरु र भावना पौडेल विजयी भए ।

डोटी

डोटी जिल्ला शाखा अध्यक्षमा मोहन शाही निर्वाचित भएका छन्।उनी युनियनका हुन्।उपाध्यक्षमा अरुण बम र सुनिता रावल, सचिवमा पवन महारा, कोषाध्यक्षमा चक्र कुवर, सह सचिवमा चक्र मल्ल सरिता कठायत विजयी भएका छन्।एकेन्द्र चन्द, टेक चन्द, नारायण दत्त पनेरु, लोकराज पाठक,विक्रम खड्का विजयी भएका छन् ।

बझाङ

बझाङको अध्यक्षमा शैलेन्द्र रोकाया विजयी भएका छन्।उनी पनि युनियनका हुन्।उपाध्यक्षमा सम्राट सिंह र बिना रोकाया, सचिवमा ललित सिंह, सुभाष कठायत सह–सचिव जोरेन्द्र खड्का, करुणा जोशी विजयी भएका छन्।सदस्यहरूमा अशोक खड्का, विष्णु खड्का, उत्तम थापा, दीर्घ बोहरा, तीर्थ बोहरा, झलक सिंह बिजयी भए ।

बाजुरा

नेपाल पत्रकार महासंघ बाजुराको अध्यक्षमा प्रेस युनियनका छक्कबहादुर मल्ल निर्वाचित भएका छन् । प्रेम बहादुर विकलाई हराउँदै मल्ल विजयी भएका हुन् । विकले ४४ मत पाएका थिए भने मल्लले ५३ मत पाए । उपाध्यक्षमा कालिका उपाध्यायलाई हराउँदै सङ्गीता तिमेल्सेना विजयी भइन्।

सचिवमा अनिल शाही, सहसचिवमा गङ्गाराम पण्डित र कोषाध्यक्षमा नहकुल जोशी विजयी भएका छन्।सदस्यमा भुवनेश्वर शाही, सरिता नेपाली, ईश्वर नाथ, देवराज पाध्याय, प्रमित विक, प्रशान्तराज जोशी, मानबहादुर ऐडी र रामबहादुर विक निर्वाचित भएका छन् ।