सरकार गठन गर्न तीन दलको बैठक सुरु

काठमाडौं,नयाँ सरकार गठन गर्नको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक प्रारम्भ भएको छ।

जनता समाजवादी पार्टी जसपाका नेताहरु देउवा निवास पुगेपछि बैठक सुरु भएको हो।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु बूढानीलकण्ठ पुगिसकेका थिए।