नेकपाका नेता पुनद्धारा अछाम अस्पतालका विरामी संग भेट

अछाम, नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अोम प्रकाश पुन(निर्माण))ले अछाम अस्पतालमा रहेका विरामीहरु संग भेट गरेका छन ।पार्टीका तत्कालीन सेती-महाकाली इन्चार्ज समेत रहेका पुनले मंगलबार मंगलसेन स्थित जिल्ला अस्पतालमा रहेका विरामीहरु संग भेट गरेका हुन ।

उनले अस्पतालमा उपचाररत २७ जना विरामीहरुको अवस्था बुझी स्वास्थ लाभको कामना समेत गरेका छन् ।

साथै नेकपा अछामले ३१औँ जनआन्दोलन दिवसको अवसर पारेर जिल्ला अस्पतालमा रहेका सम्पुर्ण बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।

अस्पतालमा भेटघाटको लागी नेता पुन लगाएत पार्टी तथा जनवग्रिय संगठनका नेता कार्यकर्ताको समेत उपस्थित रहेको थियो ।