अछाममा डोजर दुर्घटना

एक जनाको मृत्यु

अछाम,अछाममा डोजर दुर्घटना भएको छ।दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।बान्निगढी जयगढ गाउँपालिका,दर्नामा डोजर दुर्घटना हुदा डोजर चालक डोटीको शिखर नगरपालिकाका करिब ३२ बर्षका किरण बोगटीको मृत्यु भएको हो।

 

ऐश्वर्य माध्यामिक विद्यालयबाट सडक मर्मत गर्दै चण्डाली जाने क्रममा भिर भन्ने स्थान बाट करिव १ सय ५० मिटर तल खोलामा खसेर चालक बोगटीको घटना स्थलमै मृत्यु भएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले वताएका छन्।

घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोलि घटना स्थल पुगेको छ ।डोजरका सह चालक भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।