भारतले बनाइरहेको सुरक्षा पर्खालबारे दुवै देशले निरीक्षण गर्नेः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं,दार्चुलास्थित नेपाल–भारत सीमामा भारतले निर्माण गरिरहेको सुरक्षा पर्खाल निर्माणबारे दुवै देशका सीमाविद्ले संयुक्त अध्ययन गर्ने भएका छन्।

त्यसका लागि नेपाल र भारतका प्रतिनिधिको संयुक्त टोलीले स्थलगत निरीक्षण तथा अध्ययन गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार प्रतिनिधि सभा बैठकमा जानकारी गराए।सरकारले एकतर्फी रुपमा पुस २२ गते प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधि सहभागी एक टोली बनाएर एउटा स्थलगत अध्ययन गरेको उनले बताए।

अब उक्त टोलीले गरेको सिफारिसमा आधारमा संयुक्त स्थलगत निरीक्षण गर्न लागिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।