प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ,पुनःस्थापित प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक वस्न लागेको हो।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत ७औँ बैठकका लागि विभिन्न सम्भावित कार्यसूचीहरु तय गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६ र २०७७ को वार्षिक प्रतिवेदन पेश गर्नेछन्।

यस्तै, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश’ हुनेछ। यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश’ गर्नेछिन्।