हात्ती चराउन निकुञ्ज भित्र गएका माहुतेको बाघको आक्रमणबाट मृत्यु

बर्दिया, बर्दियामा पाटेबाघको पुनस् आक्रमणबाट जिल्लामा एक जनाको मृत्यु भएको छ।

हात्ती चराउन बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा गएका ठाकुरबाबा नगरपालिका–९का माहुते ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए।

पछिल्लो समय जिल्लामा दिनहु पाटे बाघ आक्रमणका घटना बढिरहेकाले डिभिजन वन कार्यालयले सूचना जारी गरेर वनमा वस्तु चराउन नजान आग्रह गरिरहेको छ।