युवा संगठन बाँकेको ५ नम्बर एरियाको प्रथम भेला सम्पन्न

सहरको नेतृत्वमा २३ सदस्य कमिटी गठन

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल बाँकेको ५ नम्बर एरिया प्रथम भेला सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भेलाले सहरको नेतृत्वमा २३ सदस्य एरिया कमिटी गठन गरेको छ ।

भेलामा बोल्दै युवा संगठन नेपाल बाँकेका अध्यक्ष दिपेशले भ्रष्टाचार, दलाली र सामाजिक विकृति विसंगति विरुद्ध आवाज वुलन्द गर्दै संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न युवाहरुलाई संगठित हुनुपर्ने बताएका छन् ।

साथै उनले अब संगठनले दलाल, माफिया, भ्रष्ट्र र तस्करहरुको बिरुद्ध कठोर रुपमा संघर्ष छेडदै पनि बताए ।

भेलामा पार्टीका जिल्ला सेक्रेटरी रोशन, एरिया कमिटी इन्चार्ज बजिरसिँह लगायतका भेरी(कर्णाली जनसास्कृतिक परिवार सहित नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

करिब २ बर्ष पछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथिको सरकारी प्रतिबन्ध फुकुवा पछि पार्टी तथा जनव्रगिय संगठनहरुले आफ्ना सांगठनिक गतिविधिलाई तिब्रता दिएका छन् ।