जानकी गाउँपालिकामा १ महिने अभियानमा जुट्यो माओबादी केन्द्र

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रले केही देन देखी १ महिने अभियानको थालनी गरेको छ ।

जानकी गाउपालिकाको वडा न।१ देखि ४ सम्मका वडा कमिटीको बिस्तारीत बैठक बसेर संगठन सुदृढीकरण तथा बिस्तार अभियान सन्चालन गरेको छ।

साथै यसै अभियानको बिचमा गाउँपालिका स्तरको पार्टी कार्यालय पनि उदघाटन गरिएको छ । उक्त कार्यालय उद्धघाटन कार्यक्रमा प्रमुख अथिती लुम्बिनी प्रदेश कमिटीका सचिवलाई सदस्य अतहर हुसेन फरुकीले रिवन काटेर कार्यालयको सुभाम्भ गर्नुभएको थियो ।

त्यस्तै अथितीमा लुम्बिनी प्रदेश कमिटी सदस्य नवीन शर्मा, वाइसीएल नेपालका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा बाँकेका युवा नेता जीत शेष लगायत जानकी गाउँपालिका अध्यक्ष लछाराम बर्मा र सचिब नारायण गिरी लगायतका नेता तथा कर्याकर्ताहरुको उपस्थिति समेत रहेको थियो ।