बाँकेमा अभियानलाई तिव्रता दिदै विप्लवको विद्यार्थी संगठन(तस्बिर सहित)

नेपालगन्ज, नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ अखिल (क्रान्तिकारी) बाँकेले सांगठनिक अभियानलाई तिव्रता दिएको छ ।

पछिल्लो समय संगठनले देशैभर आफ्ना गतिबिधी सन्चालन गरे संगै बाँके जिल्लामा पनि सांगठनिक गतिबिधी आक्रामक रुपमा अघाडी बढाएको हो ।

संगठनले जिल्लाव्यापी रुपमा संगठन सुदृढ तथा विस्तार अभियान लिएर विद्यार्थीका माझमा गईरहेको संगठनले जनताएको छ ।

करिब २ बर्ष पहिले सरकारले उसको मातृ पार्टी नेकपालाई प्रतिबन्ध लगाय संगै अर्ध भुमिगत बनेको संगठन पार्टी माथिको प्रतिबन्ध फुकुवा भए संगै एकाएक देशैभर आक्रामक रुपमा गतिविधि बढाएको छ ।

यो संगै बाँके जिल्लाम पनि संगठन निर्माण, राजनितीक भेटघाट र छलफल, बाल पेन्टिङलाई संगठनले तिब्रता दिएको छ। नेपालगन्जको महेन्द्र बहुमुखी क्यापसको साथै बिभिन्न चोकहरुमा पछिल्लो समय दलाल पुजीवादी शिक्षा प्राणलीको बिकल्प बैज्ञानिक समाजवादी शिक्षा लागू गरौ, व्यवहारिक शिक्षा लागू गरौँ, अखिल (क्रान्तिकारी) जिन्दावाद, शैक्षिक दलाल र भ्रष्टहरु होसियार जस्ता नाराहरु भेटिन थालेका छन्।

जेठ १ देखि ४ गते काठमाडौंमा हुन लागेको संगठनको २२अौँ राष्ट्रिय सम्मेलन र बाँकेको २६अौँ लाई मध्यनजर गर्दै सांगठनिक गतिबिधि अघाडी बढिरहेको र संगठन निर्माणकै क्रममा आईतबार मात्रै तीन वटा इकाई कमिटी निर्माण गरिएको संगठनका बाँके जिल्ला कमीटी सदस्य कमल बस्यालले जानकारी दिए ।

साथै उनले हाल सम्म जिल्लामा राप्तिसोनारी, नेपालगन्ज, डुडुवा, खजुरा, कोहलपुर, बैजनाथ लगायतका स्थानामा अभियान सन्चालनमा रहेको र हाल सम्म करिब ३० वटा इकाई गठन गरिसकिएको जानकारी दिए ।