बाँकेमा माअोबादी केन्द्रको पार्टी कार्यालय उद्धघाटन

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्र बाँकेको पाटी कार्यालय उद्धघाटन गरिएको छ ।
शनिबार नेपालगन्जमा उक्त पार्टीको जिल्ला स्तरीय कार्यालय उद्धघाटन गरिएको हो ।उक्त कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्रका नेता प्रकाश सुबेदी(चन्द्रकान्त)ले रेबन काटेर कार्यालयको उद्धघाटन गर्नुभएको थियो ।साथै उक्त कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवलाई सदस्य अतहार हुसेन फरुकी, लुम्बिनी प्रदेश कमिटी सदस्य अक्कल बहादुर बम(रबिन्द्र), लुम्बिनी प्रदेश कमिटी सदस्य नवीन शर्मा र उपमहानगरपालिका अध्यक्ष डिल्ली बराल(अमिर) लगायत जिल्ला र स्थानीय स्तरका नेता कर्याकर्ताहरुको समेत उपस्थिति रहेको थियो।