एउटै जिल्लामा एकै दिन तिन पार्टिको कार्यक्रम

उदयपुर,उदयपुरको गाईघाटमा चैत २१ गते तीन जना प्रभावशाली नेता आउने भएका छन्।नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाक कोइराला, एमाले माधव–झलनाथ पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डे र एमालेकै ओली समूहका युवा नेता महेश बस्नेत गाईघाट आउने कार्यक्रम रहेको जिल्ला नेताहरुले वताएका छन्।

कोइराला नेपाल राष्ट्रिय मगर संघको प्रथम प्रदेश १ को सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाईघाट आउने नेपाली कांग्रेस उदयपुरका सभापति बिदुर बस्नेतले जानकारी दिए। मगर संघको कार्यक्रम गाईघाटमा २ दिनसम्म चल्ने बस्नेतले बताए।एमालेको माधव–झलनाथ पक्षका जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमालेका प्रभावशाली नेता पाण्डे गाईघाट आउने जिल्ला अध्यक्ष ईश्वरमणि राउतले जानकारी दिए।

अध्यक्ष राउतका अनुसार जिल्ला भेला व्यापक हुने समेत बताए। उक्त समूहको भेला होटल टाउन हलमा आयोजना गरेको छ। त्यस्तै एमालेकै ओली समूहको राष्ट्रिय युवा संघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिका रुपमा महेश बस्नेत आउने भएका यवा संघका केन्द्रीय सदस्य तुलसी चौलागाईले बताए। युवा संघको कार्यक्रम एमालेको पार्टी कार्यालय गाईघाटमा हुने भएको छ।एमाले उदयपुरमा ओली पक्ष संगठन विस्तारको कार्यलाई तिव्रता दिएर अगाडि बढेको छ। भन्ने माधव– झलनाथ समूह भने अझै अलमलमा रहेको छ।