राष्ट्रपतिद्वारा मेलम्चीको पानी वितरणको शुभारम्भ

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन्।

भृकुटीमण्डमा शुक्रबार आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन्। उनले धाराको टुटी खोलेर उद्घाटन गरेपश्चात मेलम्चीको पानीले हात धोएकी थिईन्।

भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ।