नेपाल पक्षले एमालेको संगठन सुदृढिकरणको अभियान चलाउने

काठमाडौं,नेकपा एमालेका माधवकुमार नेपाल पक्षले देशव्यापी रुपमा एमालेको संगठन निर्माण र सुदृढिकरणको अभियान चलाउने निर्णय गरेको छ। सो अभियान भोलि शनिबार घोषणा गर्ने नेता योगेश भट्टराईले बताएका छन्।

साथै, चैत ४ र ५ गतेको राष्ट्रिय भेलामा आएका सुझावलाई समेटेर बनाइएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजानेसमेत निर्णय गरेको उनले बताए।

आजको बैठकले पार्टीको संगठनको शुद्धीकरणका लागि राष्ट्रव्यापी कार्यक्रमको ढाँचा बनाउने भट्टराईले बताए।