महासचिवमा तप्त वहादुर मल्ल (भौतिक)को उम्मेदवारी किन ?

को हुन भौतिक मल्ल?

सुर्खेत,नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा कर्णाली प्रदेशवाट महासचिवको उम्मेदवारी दर्ता गराएका तप्त वहादुर मल्ल (भौतिक मल्ल)विगत डेढ दशकदेखि पत्रकारीता पेशामा आवद्ध छन्। पत्रकारीता जगतमा भएका विकृतिविरुद्ध खरो टिप्पनी राख्ने मल्ल नेपाली पत्रकारीता जगतको युवा पंतिका एक खम्वा हुन्।

न्युज २४,हिमालयन टेलिभिजन र वाग्मती टेलिभिजनमा लामो समय आफ्नो अव्वलता प्रर्दशन गरिसकेका मल्ल आजपनि सडकमा दौडिएर नेपाली पत्रकारीतालाई टेगो दिइरहेका छन्। राष्ट्रिय मिडियाहरुमा कथा कर्णाली नामक विसुद्ध कर्णालीको कार्यक्रम निर्माण र निर्देशन गर्दै कर्णालीको विगटता,भोक,रोग र सोकलाई विश्वसामु पुर्याउदै,सरकारलाई झक्झकाई रहेका छन्।

हालसम्म कर्णालीका विषयलाई राष्ट्रिय वहसको विषय वनाई कार्यक्रम निर्माण गर्ने सम्ववतः उनि पहिलो कर्णालीको पत्रकार हुन्।जाजरकोटको दुर्गम वस्तिमा जन्मिएका मल्ल अलग्गै जनपक्षिय धार समात्न सफल,कहिले कलाकार,कहिले जनसेना,कहिले संगठन त कहिले लेखकका रुपमा अत्यन्तै शसक्त शालिन प्रस्तुतिका उर्जावान पत्रकारको रुपमा आफ्नो पहिचान सावित गरेका छन्।

मल्लले टेलिभिजन पत्रकार संघको केन्द्रिय अध्यक्षको नेतृत्व गरेर पनि नेतृत्व गर्न सक्ने क्षमता प्रस्तुत गरिसकेका छन्।हाल मल्ल कुसे न्युज डटकमका अध्यक्ष,प्रधान सम्पादक तथा वाग्मती टेलिभिजनको (कथा कर्णाली) नामक कार्यक्रमको निर्माता,निर्देशक तथा प्रस्तोता समेत रहेका छन्।

कर्णालीको महासचिवमा मल्ललाई मतदान किन ?

१-कर्णालीका कर्मविर र कलमविर पत्रकारहरुलाई थप उर्जा प्रदान गर्न।
२-गुनात्मक पत्रकारीतालाई प्रमुख आधार वनाएर कर्णालीको पत्रकारीतालाई थप उचाईमा पुर्याउन।
३-आवाज विहिन हरुको आवाज वनाउन कर्णालीका पत्रकारलाई पथ उर्जा र हौशला प्रदान गरी अवसरको सिर्जना गर्न।
४-एक्काइशौं सताप्दीको पत्रकारीताकोे भिड नभई गुणात्मक रसको खोजि गर्न।
५-मान्छेसंग मान्छे डराउने कर्णालीको विषय उत्थान प्रचार प्रसार गर्न।
६-पत्रकारको हगहितको लागि तत्काल समाधान खोज्न निरन्तर लागिरहने।

कर्णालीका भुँइमान्छेको कथा लेख्ने र आफुलाई भुइँमान्छे भन्न रुचाउने मल्ल कर्णालीमा नाभी गाढिएका कारण कलमको क को सट्टा कर्णालीको क लेख्न रुचाउछन् ।