सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोहलपुर, सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनक्रान्तिका महान सहिद परिवार संगठन, नेपाल र राज्यद्वारा वेपत्ता योद्धा समाज, नेपाल केन्द्रिय समितीद्धारा बिहिबार कोहलपुरमा एक अौपचारिक कार्यक्रमका बिचमा सम्पन्न भएको हो ।

वेपत्ता योद्धा परिवार समाज, नेपालका अध्यक्ष राम बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिबालय सदस्य तथा अन्तराष्ट्रिय बिभाग प्रमुख धम्रेन्द्र बास्तोला ‘कन्चन’ रहनु भएको थियो ।कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै नेता बास्तोलाले सहिद तथा वेपत्ताहरुका सपना अहिले सम्म नि पूरा नभएको बताएका छन् । हिजोका परिवर्तनकारी हरेक आन्दोलनमा परिबर्तनको ठुलो सपना बोकेर हजारौं योद्धाहरुले आफ्नो जिवनको वलिदानी दिएको उनले बताए । सहिद तथा वेपत्ता योद्धाहरुको वलिदानिलाई केही पैशामा मोलतोल गरेर उनिहरुको अबमुल्यन गरेको बताउदै नेता वास्तोलाले वैज्ञानिक समाजबादी व्यवस्थामा मात्र उनिहरुमा सपना पूरा हुने बताएका छन ।

त्यसैगरी कार्यक्रमका उपस्थित पार्टीका केन्द्रीय सदस्य तथा सरकार संगको बार्ता टोलिला सदस्य उदय बहादर चलाउने ‘दिपक’ले बार्ताको बिषयमा कोही पनि भ्रमममा नपर्न आग्रह गरेका छन । साथै उनले बाहिर कुप्रचार गरिएको जस्तो बिषय पनि छैन ।

सरकार र आफ्नो पार्टी बिचमा बार्ताको क्रममा भएको तीन बुदे सहमती बाहेक कुनै पनि खाले भित्री सहमती छैन् । बार्ताको बिषयमा हामी इमानदार छौँ र सरकार पनि इमानदार हुने विश्वास रहेको उनले बताए ।

उनले जनयुद्धको उदेश्य र जनयुद्धमा सहभागी हजारौ सहिद तथा वेपत्ता र घाईते योद्धाहरुको सपनालाई केन्द्रबिन्दुमा राखेर मात्रै आफ्नो पार्टी सचेतता पुर्वक अघाडी बढीरहेको बताए ।

सहिद तथा वेपत्ता परिवार समाज नेपालका फ्याक्सन इन्चार्ज सावित्रा दुरा ‘आस्था’ले राखेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि विभिन्न राजनीति दलका प्रतिनिधि, बुद्धिजीवी र मानवअधिकारबादीले आफ्ना बिचारहरु राखेका थिए ।

त्यस्तै कार्यक्रमका अन्य अथितिहरुमा केन्द्रीय सदस्य तथ भेरी(कर्णाली ब्युरो इन्चार्ज एटम बिसी, कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, नेपाली काग्रेश केन्द्रीय महाधिवेशन प्रतिनिधि मिना सिग्देल, राष्ट्रिय मानव अधिकार आयोगका दयाराम पाठक, इन्सेकका भोला महत, सहिद तथा बेपत्ता परिवारहरु, विभिन्न राजनीतिक दल संग आबद्ध ब्यक्तित्वहरु, वुद्धिजिवी, समाजसेवी, पत्रकार र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको सन्चालन जनक्रान्तिका महान सहिद परिवार संगठन, नेपालका केन्द्रीय अध्यक्ष खुमा सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा सहभागी अधिकाशं बक्ताहरुले देशको परिवर्तनको खातिर बलिदान गर्ने सहिदको मुल्यको राज्यले उच्च सम्मान र बेपत्ताहरुको अवस्था सार्बजनिक गर्नुपर्ने कुरा बताएका थिए ।