प्रचण्डको पुनरावलोकन निवेदनमा आज टुंगो लाग्दै

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकनको निवेदनको सुनुवाइ अगाडि बढ्ने र नबढ्नेबारे आज टुंगो लाग्ने भएको छ।

अदालत स्रोतका अनुसार अध्यक्ष प्रचण्डले दिएको पुनरावलोकन निवेदनलाई निस्सा दिनेरनदिनेबारे आज निर्णय गरिने भएको हो।अदालतले निस्सा दिए मात्र मुद्दा अगाडि बढ्छ।सर्वोच्चले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेर फैसला गरेको र नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण भएको माओवादी केन्द्रको जिकिर छ।

२०७५ जेठ ३ गते भएको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेकपालाई गत फागुन २३ गते सर्वोच्चले खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्र व्यूँतिएका छन् । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले गरेको सो फैसलाप्रति माओवादी केन्द्र असन्तुष्ट छ।