माओवादी केन्द्रको स्थायी कमिटी बैठक वस्दै

काठमाडौँ,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज वस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेपछिका लागि बैठक बोलाइएको स्रोतले वताएको छ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने समेत बताइएको छ।सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

माओवादीले समर्थन फिर्ता नलिएपछि नयाँ सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी ९जसपा० पनि अनिर्णीत बनेको छ ।