काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गरिने
प्रकासित मिति : २०७७ चैत्र १८, बुधबार १८:४०
प्रकासित समय : १८:४०
काठमाडौं,कोरोना महामारीको जोखिम बढेपछि काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा बेलाबेला एन्टीजेन परीक्षण गर्ने बताएका हुन्।प्रवेश नाकाहरुमा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ।
साथै, विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।