हामी पनि पार्टी कार्यालयको लागि राम्रो भवन खोज्दैछौँः माधव नेपाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्।

बुधबार बबरमहलस्थित युवा संघ नेपालको नयाँ कार्यालय भवन उद्‌घाटन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिई नयाँ उचाइमा पर्याउन चाहेको बताएका हुन् । ‘कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न, धरासयी र बिसर्जन हुन दिने छैनौँ’, नेता नेपालले भने, ‘हामी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका चाहान्छौँ।’

यस्तै, नेता नेपालले कार्यालय उद्घाटन गर्ने काममा युवा संघले आफूहरुलाईसमेत उछिनेको भन्दै धन्यवाद दिएका छन्। उनले आफूहरु पनि पार्टी कार्यालय खोजीमा लागेको बताउँदै राम्रो ठाउँ पाए खबर गर्नसमेत आग्रह गरेका छन् । ‘हामीले पनि भवनको खोजी गरेका छौँ,” नेता नेपालले भने,“राम्रो ठाउँ पाउनुहुन्छ भने खबर गर्नुहोस्।’